देउवाको सन्देश बोकेर मध्यरातमा बालकोट पुगेकी थिइन् मन्त्री गुरुङ

काठमाडौं । नेपाली कांग्रेसकी एक मन्त्री मध्यरातमा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेको खुलासा भएको छ ।

समीकरण बदल्ने गरी प्रधानमन्त्रीसँग ओलीले निर्णायक वार्ता गरिरहेका बेला सहरी विकास मन्त्री सीता गुरुङ ओलीलाई भेट्न पुगेकी खुलासा भएको हो ।

नयाँ समीकरण बनिरहेका बेला देउवा निकटकी मन्त्री गुरुङ मध्यरातमा देउवाको सन्देश बोकेर ओली निवास पुगेकी थिइन् । तर, ओली निकट स्रोतले भने उनी झापामा बनेको विजनेस टावर उद्घाटनको लागि निम्तो लिएर मध्यरातमा बालकोट आएको दाबी गर्‍यो ।

‘मध्यरातमा देउवाको सन्देश बोकेर कांग्रेसकी मन्त्री बालकोट आएको चर्चा गरियो । तर, त्यस्तो होइन,’ ओली निकट स्रोतले भन्यो, ‘उहाँ साढे ९ बजेतिर बालकोट आउनुभएको थियो । तर, झापामा बनेको टावरको उद्घाटनको कुरा गर्न आउनुभएको हो ।’

आज गत वर्षको पुस १० गते बनेकै एमाले, माओवादी, रास्वपा र जसपाको सरकार बन्न लागेको हो । आजै ३ सांसदले विना विभागीय मन्त्रीका रूपमा सपथ लिँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =