गृहमन्त्रीमा रविको अडान, टुंगो लगाउने जिम्मा ओलीलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले गृहमन्त्री कसलाई बनाउने भन्ने जिम्मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् ।

गृहमन्त्रालयमा रास्वपाका सभापति रवि लामिछानेले अडान नछाडेपछि प्रधानमन्त्रीले गृहमन्त्रीको टुंगो लगाउने जिम्मा ओलीलाई दिएका हुन् ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको छलफल उदृत गर्दै बालुवाटार स्रोतले भन्यो,’गृहमन्त्रालय तपाईंहरू (एमाले) को भागमा हो । तपाईं आफै राख्नु हु्न्छ अथवा रास्वपालाई दिनुहुन्छ । त्यसको निर्णय तपाईं आफै गर्नुहोस् ।’

प्रधानमन्त्री दाहालले आफ्नो पार्टीले अर्थमन्त्रालय लिने अध्यक्ष ओलीलाई भनेका थिए । कांग्रेससँगको गठबन्धन भत्किएसँगै नयाँ सत्ता समीकरण बनेको छ । नयाँ समीकरणमा एमाले,माओवादी,रास्वपा र जसपा सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =