नयाँ सरकार गठनका लागि ओली र रवि बालुवाटारमा

काठमाडौं । सत्ता गठबन्धन भत्किएसंगै नयाँ सरकार गठनको गृहकार्य चलेको छ ।
नयाँ सरकार गठनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका अध्यक्ष रवि लामिछानेसहितका नेताहरु बालुवाटार पुगेका छन् ।
बालुवाटारमा सरकार गठनबारे छलफल भएको स्रोतले जनाकारी दियो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहभागी छन् ।
हिजो राति बालुवाटारमा भएको सहमति अनुसार कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमालेसहितको नयाँ सत्ता समीकरण बनाउन नेताहरू सहमत भएका छन् ।
सोही अनुसार एमाले सचिवालय बैठक बसेर नयाँ सरकार गठन, सरकारमा सहभागी हुने दल, दलबाट पहिलो चरणमा पठाइने मन्त्री र मन्त्रालयको भागबन्डा गर्न नेताहरू बालुवाटारमा छलफलमा जुटेका हुन् ।
नेताहरूका अनुसार नयाँ गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा, जनमत र नाउपाको बन्ने लगभग पक्का भए पनि अन्तिम निर्णय गर्न बाँकी रहेको छ ।









