रास्वपामा आकस्मिक निर्णय गर्ने अधिकार रविलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिएको छ । आइतबार बिहान हात्तीगौंडास्थित सभापति लामिछानेको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल भएको उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले जानकारी दिए । ‘समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराउनुभयो र त्यसका बारेमा छलफल गरियो,’ उनले भने, ‘बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गर्‍यो ।’

आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरुबीच भएको छलफलपछि सत्ता गठबन्धन परिवर्तन हुने सम्भावना बलियो भएको छ । छलफलपछि नयाँ समीकरण बनाउन निर्णायक पहल सुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =