मन्त्री फेरिने चर्चाकाबिच परराष्ट्र मन्त्रीको फिनल्याण्ड भ्रमण रद्द
२०८० फागुन २० गते

मन्त्री फेरिने चर्चाकाबिच परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण रद्द भएको छ । ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ।
तर प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरु फेरबदल गर्ने चर्चा भइरहेको छ। यतिबेला कांग्रेस सत्ता जोगाउन र एमाले लगायतका विपक्षी दलहरु सत्तामा जान दौडधुप पनि गरिरहेका छन्। हालको गठबन्धन धरापमा परेको बताइरहेका बेला मन्त्री साउदले् पनि भ्रमण रद्द गरेका छन्।
परराष्ट्र मन्त्रालय साउद ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने तय भएको थियो । उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुँदैछ ।
२०८० फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित








