ओली र रवि लगायतका नेताहरु प्रचण्डसँग छलफल गर्न बालुवाटारमा
२०८० फागुन २० गते

फाइल तस्विर
नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरू बालुवाटार पुगेका छन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफलका लागि उनीहरू छुट्टाछुट्टै बालुवाटार पुगेका हुन् ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता गठबन्धनमा खटपट बढेपछि नेताहरूको दौडधुप बढेको छ। आइतबार बिहान पनि ओली र प्रचण्डबिच भेट भएको थियो ।
आजै कांग्रेस, एमाले र माओवादीबिच छलफल भएको थियो।
उक्त छलफलपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई बोलाएर छलफल गरेका छन्।
२०८० फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित








