सांसदहरूलाई प्रशिक्षण

कांग्रेसले निजी क्षेत्रलाई सिध्याइदियो : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाएका छन् ।

आइतबार संसद भवनमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले नेपालमा भएका केही उद्योगहरूलाई पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने जमानामै सकिदिएको जिकिर गरे ।

उनले काँग्रेसले नेपालमा भएका उद्योगहरूलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको बताए ।

उनले भने ‘हामीले औद्योगिकीकरण गर्नुपर्नेछ । दुनियाँमा औद्योगिक क्रान्ति उहिल्यै चल्यो । हामी कहाँ दुई चार वटा उद्योग आएको पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने एउटा कुरा थियो । निजी करण भनेर काँग्रेसले उहिल्यै सिद्ध्यायो । निजी क्षेत्रलाई पनि सिद्ध्याइदियो । हाम्रा जो उद्योगहरू थिए ती भ्रष्ट बनाइदियो । निजी क्षेत्रलाई समेत । कमिसनतन्त्रले । जसले गर्दा उनीहरुले पनि चलाउनेका लागि किनेनन् । बाँसबारी छाला जुत्ता चलाउनका लागि किनेनन् । हेटौँडा कागज कारखाना चलाउनका लागि किनेनन् । अर्कै त्यसको जमिनको प्रयोजन, आदि इत्यादिका लागि किने र त्यहाँ कमिसनको एउटा फोहोरी काम भयो । अहिले हामी निजी क्षेत्रलाई वास्तवमा विकासको इन्जिन बनाउन चाहन्छौँ । आर्थिक उन्नतिको इन्जिन बनाउन चाहन्छौँ । इन्जिन बनाउने कसरी ? निजी क्षेत्रलाई भ्रष्ट बनाएर कमिसनतन्त्रको एउटा माध्यम बनाएर र उसलाई अलिकति कमाउन दिएर त्यसबाट हुने वाला होइन ।’

अध्यक्ष ओलीले नेकपा एमालेले निजी क्षेत्रलाई विकास र आर्थिक उन्नतिको इन्जिन बनाउन चाहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =