गठबन्धन आफैँ भित्रका समस्या र अन्तरबिरोधले टुट्छ : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँ भित्रका समस्या र अन्तरबिरोधले टुट्ने दाबी गरेका छन् ।

आईतवार जनकपुरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो दाबी गरे । उनले गठबन्धन भित्रका तमासाहरू आफूहरूले देखिरहेको बताए । उनले मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ गइरहेको बताए । उनले शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनकै कारण मुलुकले गम्भीर समस्या झेलिरहेको जिकिर गरे ।

उनले समाजको अग्रगतिका लागि अहिलेको गठबन्धन प्रमुख बाधक भएको बताए । उनले वर्तमान गठबन्धन कुनै सिद्धान्त, आदर्शबाट गठित गठबन्धन नभएको जिकिर गरे । उनले वर्तमान गठबन्धन स्वार्थ, लेनदेनमा आधारित रहेकाले लामो समयसम्म नचल्ने बताए ।

उनले भने, ‘गठबन्धन भित्रका तमासाहरू हामी देखिरहेका छौँ । त्यो कुन रूपमा विकसित हुन्छ हेरिरहेका छौँ । हामी त्यति रुचि र चाखका साथ गठबन्धनलाई हेरिरहेका छैनौँ । यो गठबन्धन आफैँ भित्रका समस्याहरूले, अन्तरबिरोधले जर्मराइरहेको छ । कुनैपनि बेला टुट्न, फुट्न सक्छ । मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ देखिरहेको छ । शान्ति सुरक्षा, विकास निर्माण, सुशासनका दृष्टिकोणले हेर्नुहोस्, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा मुलुकले गम्भीर समस्या झेलिरहेको छ । यो समाजको अग्रगतिका लागि यो गठबन्धन प्रमुख बाधक हो । पछिल्लो दिनमा यो गठबन्धन आफैँ भित्रका अन्तरबिरोध र समस्याहरूको भुमरिमा फसेको छ । यो कुनै सिद्धान्त, आदर्शबाट गठित गठबन्धन होइन । यो स्वार्थ, लेनदेनमा आधारित छ, लामो समयसम्म चल्न सक्दैन । देशलाई स्थिरता, विकास र समृद्धितर्फ लैजानका लागि यस प्रकारका गठबन्धन टुट्नुपर्छ ।’

उपाध्यक्ष पौडेलले देशलाई स्थिरता, विकास र समृद्धितर्फ लैजानका लागि अहिलेको गठबन्धन टुट्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =