मलावीमा आएको भीषण बाढीका कारण एकको मृत्यु, हजारौँ विस्थापित
२०८० फागुन २० गते

एजेन्सी । मलावीका आएको भीषण बाढीका कारण एक जनाको मृत्यु हुनुका साथै हजारौँ विस्थापित भएका छन् ।
दुई जिल्लाहरू– मध्य क्षेत्रको न्खोटाकोटा र उत्तरी क्षेत्रको करोंगामा बढी क्षति भएको छ । बाढीका कारण न्खोटाकोटा मात्रै सात हजारभन्दा बढी विस्थापित भएको र विस्थापितलाई जिल्लाका नौ वटा शिविरमा सारिएको विपद् व्यवस्थापन विभाग (डीओडीएमए) ले जनाएको छ ।
दुवै जिल्लामा घर तथा व्यापारिक संरचना ध्वस्त हुनुका साथै धान, कासवा, मकै लगायतका बालीसहितको हजारौँ हेक्टर खेतीयोग्य जमिन बगाएको छ । लगातारको वर्षाले सडक र पुलमा थप क्षति पुर्याएको र प्रभावितलाई अत्यावश्यक सेवा पुर्याउने काममा अत्यधिक असर परेको बताइएको छ ।
मलावी तालको किनारमा अवस्थित न्खोटाकोटा र करोंगा जिल्ला बाढीको जोखिममा पर्छन् ।
२०८० फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित








