स्कुलबाट फर्किँदा हराएका १३ वर्षीय बालक भेटिए

काठमाडौं । चितवनबाट हराएका एक बालक मकवानपुरमा भेटिएका छन् । भरतपुर-१० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत निकेश बराल मकवानपुरको हेटौंडामा भेटिएका हुन् ।

उनी दिउँसो साढे १ बजे विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका थिए । हेटौंडा बसपार्कमा फेला परेका उनी त्यहाँ कसरी र किन पुगे भन्नेबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका-१३ घर भएका बालक बराल गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 2 =