शालिन पोखरेलको मृत्युबारे विश्वसनीय अनुसन्धान होस् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा १४ वर्षीया शालिन पोखरेल मृत फेला परेको घटनाको गहन अनुसन्धान गर्न माग गरेका छन् ।

समाजिक संजालमा एक स्टाटस लेख्दै अध्यक्ष ओलीले घटनाबारे निष्पक्ष ढंगले अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

‘चितवनको शिशु निकेतन स्कूलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ । यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस्’ ओलीले भनेका छन् ‘परिवार र आफन्त अत्यन्त पीडित छन् । यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौं ।’

गोरखा अजिरकोट गाउँपालिका– ५ मुच्चोकका दिपेन्द्र पोखरेलकी १४ वर्षीय छोरी शालिन चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलद्वारा सञ्चालित होस्टेलमा मृत फेला परेकी थिइन् । कक्षा ८ मा अध्ययनरत उनी फागुन १२ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

शालिनका बुवा दिपेन्द्र र आमा सगुनले आफ्नी छोरीको बलात्कारपछि हत्या भएको आरोप लगाएका छन् ।

उक्त घटनामा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र वार्डेनलाई ज्यानसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रत्ननगर वडा १० का ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेल छन् ।

सालिनको मृत्युपछि उनका बुबासहित परिवारजनले उनीहरुबिरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =