संसदको चालु अधिवेशनबाटै शिक्षा ऐन पास गर्छौं : नेता जबरा

काठमाडौं । नेपाली काँग्रेसका सांसद उदय समशेर जबराले संसदको चालु अधिवेशनबाटै शिक्षा ऐन पास गर्नेगरी आफ्नो पार्टी लागि परेको बताएका छन् ।

शनिवार नेपाल शिक्षक संघ, जिल्ला समिति ललतिपुरको कार्यक्रममा बोल्दै उनले शिक्षा ऐनलाई छिटो भन्दा छिटो पास गर्न काँग्रेसले काम गरिरहेको बताए ।

उनले जारी संसदको अधिवेशनमै पास गर्ने उद्देश्य राखेर अघि बढेको जानकारी दिए ।

उनले ललितपुरको नेपाली काँग्रेसमा शिक्षकहरुको भुमिका महत्वपूर्ण रहेको पनि बताए ।

उनले अहिले पनि निजी विद्यालयमा पढाउने भन्दा सरकारी विदालयमा पढाउने शिक्षकको तलव भत्ता बढी रहेको जिकिर गरे ।

सरकारी विद्यालयम अध्ययन गराउने शिक्षकहरुको सेवा सुविधा बढी भएपनि निजी विद्यालयको भन्दा सरकारी विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै जानु गम्भीर विषय भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 13 =