मधेस, गण्डकी र लुम्बिनी प्रदेशका मन्त्रीहरू के गर्दैछन् कर्णालीमा ?

काठमाडौं । मानसिक स्वास्थ्यसम्बन्धी प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना निर्माण र कार्यान्वयन अवस्थाबारे सिकाइ आदान प्रदान तीन प्रदेशका मन्त्रीहरु कर्णाली पुगेका छन् ।

सात प्रदेशमध्य सबैभन्दा पहिला मानसिक स्वास्थ्य रणनीति निर्माण गरेको कर्णालीसंँग निर्माण प्रक्रिया र त्यसको कार्यान्वयनबारे अनुभव सुन्न लुम्बिनी, गण्डकी र मधेस प्रदेश सरकारका सामाजिक विकास मन्त्रीसहितको टोली कर्णाली प्रदेश पुगेका हुन् ।

सिएमसी नेपालसंँगको सहकार्यमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वीरेन्द्रनगरमा सिकाइ आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो ।

प्रदेश स्तरमा मानसिक स्वास्य रणनीतिक कार्ययोजना कार्यान्वयनका क्रममा देखिएका सबल र सुधार गर्नुपर्ने पक्ष र अवसरको विषयमा प्रश्तुतिकरण गर्दै सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले मानव स्वास्थ्यलाई सबल बनाउन रणनैतिक कार्ययोजनाले बल पुगेको बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोख्रेलले मानसिक स्वास्थ्य समस्यालाई न्युनिकरण गर्न मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना लागू गरी सबै आधारभुत तहका स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न कार्यक्रम शुरु गरिएको बताए ।

उनले कर्णालीको भौगोलिक कठिनाइ, सामाजिक, आर्थिक, सांस्कृतिक परिवेश, विभेद र हिंसाजन्य समस्याले मानसिक स्वास्थ्यको समस्या बढ्दै गएपनि सरकार त्यसको निवारणका कार्यनीति बनाएर काम गर्न लागेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले कर्णाली प्रदेशले मानसिक रोग निवारणका लागि शुरु गरेको पहल आफूहरुका लागि उदाहरणीय रहेको भन्दै अन्तरप्रदेश सहकार्य तथा समन्वय गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा विभिन्न प्रदेशका सामाजिक तथा स्वास्थ्य मन्त्रीहरुले मानसिक स्वास्थ्यमा गरिएको कामका बारेका जानकारी गराए ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले मानसिक रोग लुम्बिनी प्रदेशमा पनि चुनौतिको रुपमा रहेको र वार्षिक करिव १३ हजार मानसिक रोगका बिरामीहरु फेला पर्ने गरेको बताए ।

उनले त्यसको न्युनिकरणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

देशमा मानसिक स्वास्थ्य समस्या जटिल रहेको छ । राज्यले हरेक प्रदेशमा विशेषज्ञ डाक्टर पठाउन नसक्नु कमजोरी रहेको उनीहरुले बताएका छन् ।

सबै प्रदेशमा मानसिक रोग अत्यन्तै समस्याग्रस्त बनेको छ । यसले अझै भयवाह स्थिति सृजना गर्ने विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =