कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश बन्दैन : इन्दिरा राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश नबन्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उपसभामुख रानाले संसदप्रति कार्यपालिका र न्यायपालिका हाबी भएमा देश नबन्ने बताएकी हुन् । उनले सत्तारुढ पार्टी र प्रतिपक्ष पार्टी मिलेर जनताको हितमा काम गर्नुपर्ने बताइन् । उनले कुनैपनि पार्टीगत स्वार्थमा काम गर्नु नहुने बताइन् ।

संसदबाट राम्रो कानुन र नीति निर्माण हुनुपर्ने बताइन् । उपसभामुख रानाले शक्ति हुनेको ठाउँमा मात्रै विकास जाने कुरा नभई सबै ठाउँमा विकास जानुपर्नेमा जोड दिइन् । उनले विकास निर्माणको काममा विकट क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने बताइन् ।

उनले भनिन् ‘यहाँ जतिपनि प्रतिनिधि आउनुभएको छ, उहाँहरू जनताको प्रतिनिधि हो । अपोजिसन पार्टी र रुलिङ पार्टी मिलेर काम गर्नुपर्छ र जनताको हितमा काम गर्नुपर्छ । कुनै पार्टीगत स्वार्थ होइन । कोही बेला संसदप्रति कार्यपालिका हाबी, न्यायपालिका हाबी यस्तो तरिकाले देश बन्दैन । सबै जना मिलेर जनताको हितको लागि काम गर्नुप¥यो । राम्रो कानुन बन्नुप¥यो । राम्रो नीति निर्माण गर्नुपर्यो । जसको पावर छ, जसको बाहुल्यता छ, त्यहाँ मात्रै विकास जाने कुरा होइन । सबै ठाउँमा जानुपर्यो । विकटलाई पहिलो प्राथमिकता हुनुपर्यो भन्ने नै मेरो धारणा छ । मिटरब्याजी÷लघुवित्त पीडितको माग समयमै पूरा हुनुपर्थ्यो । हरेकले नियम, कानुन र अनुशासनमा रहनुपर्छ । निषेधित ठाउँमा नजानु भनेपछि जानु हुन्न उहाँहरू पनि । तर उहाँहरूलाई पीडा छ । भोक छ । भोको पेटले आदर्श भन्दैन । त्यसकारणले सरकारले संवेदनशील भएर उहाँहरूको मागलाई विचार गर्नुपर्छ । जनताले पनि निषेधित ठाउँमा जानु हुँदैन । कानुनलाई मान्नुपर्छ । अनुशासनलाई मान्नुपर्छ । सबैको यो जिम्मेवारी हो ।’

उनले लघुवित्त पीडितहरूको माग समयमै पुरा हुनुपर्ने उल्लेख गर्दै उनीहरु पनि आन्दोलनका क्रममा नियम, कानुन र अनुशासनमा बस्नुपर्ने बताइन् । उनले निषेधित ठाउँमा आन्दोलनकारी जानु नहुने धारणा राखिन् । उनीहरूको माग सम्बोधन गर्न सरकार संवेदनशील हुनुपर्ने उपसभामुख रानाको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *