परिणाम प्राप्त गर्नेगरी सरकारले काम गर्न आवश्यक छ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परिणाम प्राप्त गर्नेगरी सरकारले काम गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रवार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले विभिन्न विषयमा विज्ञहरू बोलाएर छलफल गरेपनि परिणाम ननिस्किएको भन्दे जनतालाई परिणाम दिनेगरी काम गर्न आवश्यक रहेको बताए ।

उनले सरकारले बनाएका योजना, नीतिहरूमा त्रुटी भए सच्याउन जरुरी रहेको बताए । उनले परिणाम किन निस्किएन भन्नेबारेमा समीषा गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले जनताको आलोचनालाई कदर गरेर अघि बढ्न सुझाव दिए । उनले नेपाल प्राकृतिक विविधताले, सम्पन्नताले भरिपूर्ण भएको पनि बताए ।

उनले भने, ‘हाम्रो देश प्राकृतिक विविधताले, सम्पन्नताले भरिपूर्ण भएको देश पनि हो । तालैताल, नदीनालाहरू, वनस्पतिहरू, चराचुरुंगीहरुदेखि लिएर अनेक जाति, जनजातिहरूले भरिएको । अनेकौँ भाषा र संस्कृतिले भरिएको यो देश नेपाल आफैँमा पनि गौरवशाली देश हो । चितवनमा पनि ति विविधता देख्ने गर्दछौँ । भरतपुर महानगरपालिकालाई अघि बढाउन तपाईहरुले जुन प्रयत्न र प्रयास गर्दै हुनुहुन्छ, त्यो महत्वपूर्ण छ । हामी सबै गम्भीर हुनुपर्ने बेला आएको छ । विज्ञहरूलाई बोलाएर छलफल भएको छ । तर परिणाम आएको छैन । परिणाम कसरी पाउन सकिन्छ, हाम्रा नीति, योजना, काममा कहाँ त्रुटी छन् त्यसको समीक्षा गर्नुपर्छ । जनताका आलोचनालाई कदर गर्नुपर्छ ।’

अध्यक्ष नेपालले सबै मिलेर काम गर्दा देश सम्पन्न हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *