नामिबियामाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हासिल छ ।

टियु क्रिकेट मैदानमा नामिबियालाई ३ रनले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावना जीवित राखेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याउको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन जोड्न सक्यो ।

कमजोर सुरुवात गरेको नामिबियाले मध्यक्रममा कप्तान स्मिट र फ्रिलिंकको साझेदारीसँगै खेलमा फर्केको थियो । तर नेपालका लागी दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले १६ औं र १७ औं ओभरमा दुवैलाई आउट गर्दै कसिलो बलिङ गरेपछि नेपाल खेलमा फर्कियो ।

अन्तिम ओभरमा नामिबियालाई जितको लागि १२ रन चाहिएको अवस्थामा नेपालका लागी करण केसीले बलिङ गरेका थिए । सुरुवाती २ बलमा सिंगल रन दिएपछि करणले तेस्रो बलमा ग्रीनलाई बिट गरे । चौथो बल फ्याँक्ने क्रममा वाइड भयो । त्यसपछि ग्रीनले सिंगल लिए । सो पश्चात पाँचौ बलमा करणले ट्रम्पलम्यानको विकेट लिए । अन्तिम बलमा स्कोल्जले चौका प्रहार गरेपनि नेपाल जित निकाल्न सफल भयो ।

नामिबियाका जेजे स्मिटले सर्वाधिक ५० रन बनाए । जान फ्रिलिंकले ३७, जेपी कोट्जेले २५, माइकल भान लिंगेनले १०, मलान क्रुगरले ३, रुबेन ट्रम्पलम्यान १४ र जान निकोल लोफ्ट इटोन शुन्य रनमा आउट भए ।  ग्रीनले १३ बलमा ४ चौकासहित नटआउट २३ रन जोडे । ट्रम्पलम्यानले १२ बलमा १४ रन बनाए ।

त्यसअघि नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन जोड्यो ।

नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे । उनले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए ।

नेपालले दोस्रो ओभरमै विकेट गुमाएको थियो । अनिल साह र आसिफ शेखले ओपनिङ गरेको खेलमा आसिफ दोस्रो ओभरको पहिलो बलमा एक रनमा बोल्ड भए ।

यस्तै चौथो ओभरमा कप्तान रोहित पौडेल ९ बलमा २ चौकाको मद्दतमा १० रन जोडेर आउट भए । सातौं ओभरको अन्तिम बलमा अनिल साह २३ रनमा आउट भए । उनले १७ बलमा ३ छक्का प्रहार गरे ।

अर्को ओभरमा गुल्सन झा २६ रन बनाएर खेलिरहदा बर्नाल्ड स्कोल्ट्जको एलबिडब्लूको धरापमा परे । त्यतिबेला नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा ६४ रन जोडेको थियो ।

सिरिजका सुरुवाती दुई खेलमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो ।

यो जितसँगै नेपालले २ अंक जोडेको छ । नामिबियाको पनि समान २ अंक छ । नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोड्दै शीर्षस्थानमा रहेको छ ।

अब नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स खेल्नेछन् ।

फाइनल मंगलबार हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *