नेपाललाई तेस्रो सफलता, सोमपालले लिए अर्को विकेट

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालका लागी सोमपाल कामीले तेस्रो विकेट लिएका छन् ।

कामीले कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नामिबियाका जिन पियर कोट्जीलाई आउट गराएका हुन् ।

२२ बल खेलेका कोट्जीले २५ रन बनाएर आउट भए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन जोडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *