एमालेले संसदमा खोज्यो प्रधानमन्त्री

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको खोजी गरेको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल अनुपस्थित भएको भन्दै खोजी गरेको हो ।

बैठकमा बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई खोजी गर्नुपर्ने बताए ।

उनले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने भएपनि सरकार जवाफदेहि नभएको बताए ।

उनले बालकुमारी घटनामा दोषी करार भएका मन्त्रीलाई राजीनामा गर्न अथवा बर्खास्त गर्न प्रधानमन्त्रीलाई के ले रोकेको छ भनि प्रश्न समेत गरे ।

उनले सरकारमाथि उठेका विभिन्न प्रश्नहरुको सन्दर्भमा सरकार जवाफदेही हुनुपर्ने भएपनि सरकार हराएको भन्दै प्रधानमन्त्रीको खोजी गर्न उच्चस्तरिय समिति बनाउनुपर्ने हो कि संसद स्थगित गर्नुपर्ने हो भनेर पनि प्रश्न गरे ।

उनले काठमाडौंस्थित सुन्धारामा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरिएको भन्दै खेद प्रकट गर्नुभयो । उनले घाइतेहरुको उपचारको माग पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *