चीन र अमेरिकाबीच विदेश नीति योजनामा परामर्श
२०८० फागुन १७ गते

चीन र संयुक्त राज्य अमेरिकाले फेब्रुअरी २७ गते शाङ्घाईमा नयाँ चरणको विदेश नीति योजना परामर्शको आयोजना गरेका छन्।
चिनियाँ विदेश मन्त्रालयका अनुसार सहायक विदेशमन्त्री तथा नीति योजना विभागका महानिर्देशक मियाओ देयु र अमेरिकी विदेश मन्त्रीको नीति योजना निर्देशक सलमान अहमदले उक्त परामर्श गरेका हुन्।
दुवै पक्षले आ(आफ्नो परराष्ट्र नीति, अन्तरराष्ट्रिय परिस्थिति र क्षेत्रीय हटस्पट लगायतका मुद्दाहरूमा गहन छलफल गरेको बताइएको छ।
२०८० फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित








