चीन र अमेरिकाबीच विदेश नीति योजनामा परामर्श

चीन र संयुक्त राज्य अमेरिकाले फेब्रुअरी २७ गते शाङ्घाईमा नयाँ चरणको विदेश नीति योजना परामर्शको आयोजना गरेका छन्।

चिनियाँ विदेश मन्त्रालयका अनुसार सहायक विदेशमन्त्री तथा नीति योजना विभागका महानिर्देशक मियाओ देयु र अमेरिकी विदेश मन्त्रीको नीति योजना निर्देशक सलमान अहमदले उक्त परामर्श गरेका हुन्।

दुवै पक्षले आ(आफ्नो परराष्ट्र नीति, अन्तरराष्ट्रिय परिस्थिति र क्षेत्रीय हटस्पट लगायतका मुद्दाहरूमा गहन छलफल गरेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *