सिन्धुलीमा श्रीमतीले श्रीमानको जिब्रो टोकेर पारिन् दुई टुक्रा
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८० फागुन १७ गते
![सिन्धुलीमा श्रीमतीले श्रीमानको जिब्रो टोकेर पारिन् दुई टुक्रा](https://www.makalukhabar.com/wp-content/uploads/2023/11/logo-makalukhabarnew.jpg)
काठमाडौं । सिन्धुलीमा श्रीमतीले श्रीमान्को जिब्रो टोकेर दुई टुक्रा बनाइदिएकी छन् ।
जिल्लाको कमलामाई नगरपालिका –६ रातमाटा बस्ने ३६ वर्षका सुरेश आले मगरको जिब्रो काटिएको हो ।
सामान्य घरायसी विवादका कारण आफ्नै श्रीमतीबाट उनले जिब्रो गुमाउनु परेको हो ।
आले मगरकी श्रीमती गङ्गा आले मगरले श्रीमानको जिब्रो टोकिदिँदा जिब्रो दुई टुक्रा भएको छ ।
आफ्नै श्रीमतीले जिब्रो टोकिदिएर दुई टुक्रा बनाइदिएपछि आले मगर अहिले थप उपचारको लागी धुलिखेल अस्पताल भर्ना भएका छन ।
मादक पदार्थ सेवन गरि श्रीमानको जिब्रो टोकेर छिनालिदिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
आले मगर दम्पती दुवैले मादक पदार्थ सेवन गरि सामान्य घरायसी विवादका कारण उक्त घटना घटेको प्रहरीले जनाएको छ ।
जिब्रो टोक्ने गङ्गा आले मगर लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८० फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित