संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड निर्माण होस् : दिलकुमारी रावल

काठमाडौँ । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड निर्माण गर्न आवश्यक रहेको बताएकी छन् ।

बिहीबारको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले समितिका साझा विषयमा संयुक्त बैठक बस्ने अभ्यास सुरु भएको भन्दै यसलाई आगामी दिनमा अझै सशक्त बनाएर लैजानुपर्ने बताइन् । उनले संसदभित्र विज्ञ समूहरतको रोष्टर व्यवस्था गर्न पनि माग गरिन् ।

उनले भनिन् ‘संसदीय अनुगमनलाई प्रभावकारी बनाउन एउटा स्पष्ट मापदण्ड निर्माण होस् । समितिका साझा विषयमा हामीले संयुक्त बैठक बस्ने अभ्यास सुरु गरेका छौँ । संयुक्त बैठक, संयुक्त निर्देशन र संयुक्त स्थलगत जाने कुरा आउने दिनमा यसलाई अघि बढाउनुपर्छ । संसदभित्र विज्ञ समूहरतको रोष्टर व्यवस्था गरियोस् । सबै समितिका सकारात्मक कामहरूको लागि अनुभव आदानप्रदान गर्ने छलफलले निरन्तरता पाओस् । राष्ट्रिय सभाले केही नयाँ मानकहरू स्थापना गरेको छ । समयमा नै सभा सञ्चालन हुनेकुरा महत्वपूर्ण छ ।’

उनले राष्ट्रिय सभाले समयमा नै सभा सञ्चालन गरेर नयाँ मानक स्थापना गरेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + two =