प्रधानमन्त्रीलाई समितिमा बोलाउन सांसद श्रेष्ठको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले समितिले दिएको निर्देशनलाई सरकारले कार्यान्वयन नगरेकोबारे असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीवारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उनले आफ्नो असन्तुष्टि व्यक्त गरे ।

उनले समितिले दिएका निर्देशन कार्यान्वयन नगरेकोबारे प्रधानमन्त्रीलाई समितिमा बोलाएर ध्यानाकर्षण गराउनुपर्ने माग गरे ।

उनले समितिले गरेका निर्णयहरु र दिएका निर्देशन सरकारले किन मानेन भन्नेबारेमा सरकार गम्भीर बन्नुपर्ने बताए ।

उनले समितिले दिएको निर्देशन कार्यान्वयन नभए समितिको औचित्य नरहने बताए । यसबारेमा समितिले सरकार प्रमुखलाई बोलाएर जवाफ माग्नुपर्ने बताए ।

उनले भने– ‘गुणस्तरमै समस्या छ भन्नुभएको छ । यही डण्डीबाटै पुल, बिल्डिङ, सुरुङ बन्ने जतिपनि पूर्वाधार बन्ने छ, यो गम्भीर कुरा छ । ¥यापिड स्तरमै छलफल गरेर समितिले निर्देशन दिनुपर्छ । समितिले निर्देशन दिएका कुरा कार्यान्वयन भएको रहेनछ । प्रधानमन्त्रीज्युलाई नै उपस्थित गराएर समितिले गरेका निर्णयहरु हामीले दिएका निर्देशन किन मानेन सरकारले भन्नेकुरा गम्भीर छ । सरकारको प्रमुख प्रधानमन्त्री हुनुहुन्छ, यसलाई गम्भीर रुपमा लिनुपर्छ । हामीले निरीक्षण किन गरेको, छलफल किन गरेको, किन निर्देशन दिएको यदी कार्यान्वयन नहुने हो भने । हामीले सरकार प्रमुखसँगै सल्लाह गर्नुपर्छ ।’

उनले छडजन्य सामग्रीको गुणस्तर मापनमा बढी जोड दिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =