सिंहदरबार सबै सुरक्षित, बाहिर सबै असुरक्षितको स्थिति भयो : सांसद अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सिंहदरबारको पहुँच बाहिरका नागरिकले सधैँ असुरक्षित रहनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् ।
बिहीबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
उनले जनताले बनाएका संरचनाहरूमा प्रयोग हुने छडजन्य सामग्रीहरूको गुणस्तर मापन हुन नसकेको बताए ।
उनले सरकारले बनाउने संरचनामा गुणस्तर पास नभएका सामग्रीहरू नागरिकहरूले संरचना बनाउँदै प्रयोग भइरहेकोबारे सरकारको ध्यानाकर्षण गराए ।
उनले जनतालाई गुणस्तरहीन सामग्रीहरू बेच्नेकुरा सरकार विहीन जस्तो अनुभूति भएको बताए ।
उनले सिंहदरबार सबै सुरक्षित बाहिर सबै असुरक्षितको स्थिति आएको पनि बताए । गुणस्तरहीन सामग्रीहरूको प्रयोग बन्द गर्न आवश्यक रहेको बताए ।
उनले भने ‘हामीले मजदुरलाई गरेको व्यवहारले धेरै नै दूरगामी असर पर्नेछ । कुनै पनि देशको नागरिक किन नहोस् यो देशमा आएर काम गरिसकेपछि त्यो नागरिकमाथि हताहत हुन्छ भने त्यसको जिम्मेवारी सरकारले लिनुपर्नेमा हामीले गुपचुप राख्छौँ भने यति संवेदनशील विषय समितिमा उठ्छ भने यो विषयमा बहुत संवेदनशील भएर ध्यान दिनुपर्छ । जो व्यक्तिको मृत्यु भएपनि जुन देशको नागरिक किन नहोस्, यो देश भित्र आएर कलकारखानामा काम गरिरहेको छ भने ती कर्मचारीलाई दिनुपर्ने ध्यान दिनुपर्छ । वातावरणको कुरा छ, विश्वबाटै लोप हुन लागेको प्रविधि हामी अझै अघि बढाउँदैछौँ भनेपछि अर्को संवेदनशील छ । जसले प्रदूषणमा समस्या पारेको छ । जनताले प्रयोग गर्ने चिज हामीले त्यसलाई मापदण्डमा क्वालिटीमा ध्यान दिएका छैनौँ । र सरकारले बनाउने संरचनामा पास हुँदैन । सरकारले बनाउने संरचनामा त्यो पास हुँदैन, अरु ल्याएर बनाउने, अनि जनतालाई जे पनि बेच्ने भनेपछि त यो राज्य नभएको, सरकार नभएको जस्तो भयो । सिंहदरबार सबै सुरक्षित बाहिर सबै असुरक्षितको स्थिति भयो । यहाँहरू निर्मम हुनुपर्छ, यहाँहरूले बन्द गरिदिनुपर्छ त्यस्ता गुणस्तरहीन छन् भने ।’
उनले नेपालमा आइ काम गरिसकेपछि मजदुरहरूलाई राज्यले गर्ने व्यवहारले दूरगामी असर पर्ने भन्दै सोबारेमा पनि आवश्यक ध्यान दिनुपर्ने बताए ।








