८ लाखका धोती र साडी तस्करी गर्ने चार महिला पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले भारतबाट तस्करी गरि ल्याएको ठूलो परिमाणमा सामानसहित चारजना पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरको टोलीले बुधबार झण्डै ८ लाख बराबरको सामान र तस्करीमा संलग्न भएको आरोपमा चारजना महिला पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी नायब उपरीक्षक बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले विशेष सुराकीको आधारमा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ७ लाख ९८ हजार मुल्य बराबरको सामान बरामद गरेको हो ।

प्रहरीले लेडिज सुट १७२ थान, धोती साडी १३२ थान, क्यापासिटर ५० थान,कुलर पम्प ६ थानसहित विभिन्न मोटरपार्टस,विद्युतका सामान बरामद गरेको हो । सशस्त्र प्रहरीले उक्त सामानको ७ लाख ९८ हजार मुल्यांकन गरेर कैलाली भन्सार कार्यालय बुझाएको छ ।

सशस्त्र प्रहरीले उक्त सामान तस्करीमा संलग्न भएको आरोपमा धनगढी उपमहानगरपालिका– २ का महेश्वरी बिष्ट,तुलसी भट्ट,धना साउद र गौरी ओझालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले फागुन ६ गते यता मात्र १८ लाख ५६ हजार बराबरको सामान पक्राउ गरी भन्सार बुझाएको र १ लाख ३७ हजार मुल्य बराबरको कुखुरा र माछा बरामद गरी नष्ट गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =