राजनीति समाप्त पार्ने डिजाइन गरेको भन्दै खगराज भट्टले पठाए प्रचण्डलाई पत्र
२०८० फागुन १६ गते

नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो जिम्मेवारी खोसेर राजनीति नै समाप्त पार्ने डिजाइन गरेको भन्दै गम्भीर असन्तुष्टि जनाएका छन्।
बुधबार बसेको स्थायी समिति बैठकले सुदूरपश्चिम प्रदेश इन्चार्जबाट हटाउने निर्णय गरेको छ। यस्तै प्रदेशसभाको संसदीय दलको नेताबाट हटाउने बहुमत सांसदको निर्णय पनि अनुमोदन गरेको छ।
दुवै जिम्मेवारीबाट हटेपछि उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै आफ्नो व्यक्तिगत र राजनीतिक जीवन समाप्त पार्न खोजेको दुखेसो गरेका छन्।
स्थायी समितिको निर्णयले आफ्नो ३४ वर्षको राजनीतिक र संगठनात्मक जीवन समाप्त पार्ने डिजाइन भएको उनले बताएका छन्।
यस्तो छ उनले पठाएको पत्र

२०८० फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








