पोखरामा पर्यटकलाई दुःख दिने ९ जना पक्राउ

पोखरामा पर्यटकलाई दुःख दिएको आरोपमा ९ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई पृथ्वीचोक र मुस्ताङचोकबाट पक्राउ गरेको जनाएको छ।

पर्यटकहरूलाई सवारी साधनबाट जबरजस्ती ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाइदिन्छु भनी झोलाहरू तान्ने तथा पैसाको बार्गेनिङ गरेर अनावश्यक दुख दिने गरेको प्रहरीको आरोप छ।

पक्राउ पर्नेहरूमा पोखरा ९ बसपार्कका ४० वर्षका रुपेन्द्र श्रेष्ठ, ३२ वर्षका मोहन आचार्य, ४० वर्षका नारायण अधिकारी, ४४ वर्षका श्याम प्रसाद शर्मा, २५ वर्षका विकास कुँवर, २१ वर्षका विमल ठकुरी र २१ वर्षका विकास श्रेष्ठ छन् । यस्तै, पोखरा १३ पाटनबेसी बस्ने वर्ष २८ का रञ्जन खड्का र १९ वर्षका सविन नेपाली पनि पक्राउ परेका छन् ।
उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा ५ दिन म्याद थपेर अनुसन्धान थालेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *