बेलायतको टोनब्रिजमा खुल्यो नेपाली संस्कृति झल्किने ‘गोर्खाभ्याली’ रेस्टुरेन्ट

काठमाडौँ । बेलायतको टोनब्रिजमा ‘गोर्खाभ्याली’ रेस्टुरेन्ट सञ्चालनमा आएको छ । नेपाली संस्कृति झल्कने ‘गोर्खाभ्याली’ रेस्टुरेन्ट फेब्रुअरी ५ देखि बेलायतमा सञ्चालनमा आएको हो ।

‘गोर्खाभ्याली’ का सञ्चालक फिलिप डिसिका अनुसार ट्रनब्रिजमा बसोबास गर्ने नेपाली तथा भारतीय नागरिकसहित अन्य विदेशीहरूलाई नेपाली परिकारको स्वाद चखाउन गोर्खा भ्याली सञ्चालनमा ल्याइएको हो ।

‘विदेशमा रहेर पनि नेपालीले नेपाली स्वाद पाउनु पर्छ भन्ने मान्यता राख्दै यो रेस्टुरेन्ट सुरु गरेका हौँ । यो रेस्टुरेन्टमा नेपाली संस्कृति झल्किन्छ र नेपाली संस्कृति विकास हुन्छ ।’ उनले भने ।

नेपाली संस्कृति झल्काउने ‘गोर्खाभ्याली’

रेस्टुरेन्टमा विशेषतः नेपाली र भारतीय परिकारहरू पाइन्छ । यसबाहेक विदेशी परिकारहरू पनि पाइने सञ्चालक डिसिले बताए ।

गोर्खाभ्यालीले नेपाली स्वाद सँगै संस्कृतिको पनि विस्तार गरेको छ ।

नेपाली संस्कृति झल्काउनको लागि रेस्टुरेन्टमा तामाका थाल, गिलास, तामाकै कचौरा तथा नेपालीपन झल्किने भाडाहरूको प्रयोग गरिएको छ । उक्त भाँडाहरू नेपालबाटै लगिएको सञ्चालक डिसि बताउँछन् ।

रेस्टुरेन्टलाई नेपाली सेटअप दिनको लागि मादल, डमरु र सारङ्गी जस्ता संस्कृति झल्काउने बाजाहरू समेत राखिएको छ । जसले गर्दा विदेशीहरू नेपाली संस्कृतिप्रति आकर्षित हुने गर्दछन् । ‘विदेशमा पनि नेपालीपन दिन खोजेका छौँ । ’ सञ्चालक डिसिले भने ।

उनले आगामी दिनमा ग्राहकहरूलाई टपरीमा मःम, जुम्लामा पाइने मार्सी चामलको भात पनि खुवाउने योजना रहेको पनि बताए ।

के–के छ ‘गोर्खाभ्याली’ को मेन्युमा ?

‘गोर्खाभ्याली’ को मेन्युमा नेपाली थाली, मःम, चाउमिन, छोयला, भुटुन, सेकुवा जस्ता नेपाली परिकारहरू रहेको छ । नेपाली खानेकुरा विदेशीले पनि देखुन् र त्यसको स्वाद लिउन् भनेर नेपाली र इन्डियन परिकारलाई विशेष जोड दिइएको अर्का सञ्चालक सुदिप डिसि बताउँछन् ।
डिसिले आगामी दिनमा नयाँ नयाँ परिकारहरू थपिँदै जाने बताए ।

बेलायत तथा नेपालका दक्ष र अनुभवी सेफहरू

‘गोर्खाभ्याली’ रेस्टुरेन्टमा बेलायत तथा नेपालका दक्ष र अनुभवी सेफहरू रहेका छन् ।

डिसिका अनुसार अर्का सञ्चालक भीम अधिकारी विगत १५ वर्षदेखि बेलायतमा रेस्टुरेन्ट सञ्चालनको अनुभव बटुलेका हेड सेफ हुन् । अधिकारीले रेष्टुरेन्टको किचन व्यवस्थापन समेत गर्ने गरेका छन्।

त्यस्तै, नेपालमा १५ वर्षभन्दा बढी समयदेखि रेष्टुरेन्ट सञ्चालन गर्दै आएकी तबिता चौलागाईं पनि अनुभवि सेफ हुन् ।

रेस्टुरेन्टमा अनुभवी सेपहरूको टिम नै भएकोले नेपालमा बसेर खाएजस्तै लाग्ने सञ्चालक डिसि बताउँछन् ।

गोर्खाभ्यालीको स्थापना

टोनब्रिजमा भरखरै सञ्चालनमा आएको गोर्खाभ्याली रेस्टुरेन्ट करिब ३० वर्ष पुरानो इन्डियन रेस्टुरेन्टलाई विस्थापन गरेर बनाइएको हो । पहिले इन्डियन परिकार मात्र पाइने उक्त रेस्टुरेन्टमा विशेषगरी अहिले नेपाली र इन्डियन परिकारहरू पाइन्छ ।

रेस्टुरेन्ट दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ५ बजेदेखि ११ बजे खुल्ला रहने छ ।

रेस्टुरेन्टमा पारिवारिक वातावरणमा बसेर खाने राम्रो व्यवस्था हुनुका साथै ८ देखि १० किलोमिटरसम्मको क्षेत्रमा डेलीभरको सुविधा रहेको छ ।

सञ्चालक डिसिले सम्पूर्ण ग्राहकहरूलाई रेस्टुरेन्टमा परिवारसहित आएर नेपाली र इन्डियन स्वादहरूको लाभ उठाउन अनुरोध गरे । उनी गोर्खाभ्यालीमा छिटो र गुणस्तरीय परिकारहरू उपलब्ध हुने बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *