भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव लम्सालबीच भेटवार्ता
२०८० फागुन १५ गते

भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी छन् ।
आठौं एसिया इकोनोमिक डाइलगमा भाग लिन भारत पुगेकी परराष्ट्र सचिव लम्सालले भारतीय विदेशमन्त्री जयशंकरसँग भेट गरेकी हुन् ।
भेटमा द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ । ‘परराष्ट्र सचिव लम्साललाई दिल्लीमा स्वागत छ,’ भारतीय विदशेमन्त्री जयशंकरले एक्समा उल्लेख गरेका छन्, ‘द्विपक्षीय सम्बन्धमा भइरहेका प्रगतिका विविध पक्षका बारेमा जानकारी पाउँदा खुसी छु ।’
आठौं एसिया इकोनोमिक डाइलग–२०२४ मा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल मंगलबार भारतको पुने गरेकी हुन् । सोही क्रममा उनले भ्रमणको पहिलो दिन दिल्लीमा विदेशमन्त्री जयशंकरसाग भेट गरेकी हुन् ।
२०८० फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








