सेञ्चुरी बैंकका तत्कालीन सीईओसहित १० जनालाई ७ दिन हिरासतमा राख्न अनुमति
२०८० फागुन १५ गते

धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ गरेका १० जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको थियो ।
सीआईबीले सविन घिमिरे, सुबास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिपेश प्रधान, दिलिप बराल, रमण श्रेष्ठ र राजेश भण्डारीलाई पनि पक्राउ गरेको छ ।
उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु भएकाे छ।
२०८० फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








