स्व. आचार्य सुर सम्राटका रुपमा साङ्गीतिक क्षेत्रमा रही रहनुहुनेछ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्व. भक्तराज आचार्य सुर सम्राटका रुपमा परिचित रहेको बताएका छन् ।

सोमवार निधन भएका आचार्यको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले यस्तो बताएका हुन् । उनले स्वर सम्राट् नारायणगोपाल भएझैँ सुर सम्राटको रुपमा स्व। आचार्य रहेको बताए ।

उनले स्व। आचार्यले नेपाली गीत÷संगीतमा दिएको योगदान, भाव, प्रभाव सदैव जीवित रहने बताए । उनले भौतिक रुपमा नेपालीबाट टाढा भएपनि भावनात्मक र साङ्गीतिक क्षेत्रमा सधैँ नेपाली माझ नै रही रहने बताए ।

उनले भने ‘स्वर सम्राट् नारायण गोपाल हुनुहुन्छ भने सुर सम्राट् भक्तराज आचार्य हो । उहाँका सुरहरू र त्यसले चयन गरेका शब्द, त्यसको भाव त्यसले दिएको प्रभाव हामी सदैव सम्झिरहन्छौँ । उहाँ भौतिक रुपमा जानुभयो होला, भावनात्मक रुपमा संगीतमा उहाँ सदैव जीवित हुनुहुन्छ । यो एउटा स्वर्णिम अध्यायको रुपमा नेपाली संगीत प्रेमीहरूको बीचमा, नेपालीहरूको बीचमा सधैँ अमर रही रहनुहुनेछ ।’

महामन्त्री शर्माले आचार्य साङ्गीतिक क्षेत्रमा स्वर्णिम अध्यायको रुपमा नेपाली संगीत प्रेमीहरूको बीचमा, नेपालीहरूको बीचमा सधैँ अमर रही रहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *