भक्तराज आचार्यको निधन अपूरणीय क्षति हो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्व। भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

सोमवार निधन भएका उनको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले यस्तो बताएका हुन् ।

उनले नेपाली साङ्गीतिक जगतका सुविख्यात नक्षत्रको क्षति भएको बताए । उनले स्व। आचार्यले नेपाली भजनलाई नयाँ आयाम दिन सफल व्यक्तिको रुपमा चिन्ने गरेको पनि बताए ।

उनले भने ‘नेपाली साङ्गीतिक जगतका एउटा सुविख्यात नक्षत्र, नेपाली भजनलाई नयाँ आयाम दिन सफल भजन शिरोमणिको उपाधिबाट विभूषित, जनस्तरमा अत्यन्त लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्याउनु हुने भक्तराज आचार्य हामीमाझ रहनुभएन, यो अत्यन्त दुःखको कुरा हो र अपूरणीय क्षति हो ।’

अध्यक्ष ओलीले भजन शिरोमणिको उपाधिबाट विभूषित आचार्य जनस्तरमा लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्याएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *