मन्त्री बस्नेतको दाबी- मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्छ

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन् ।

मंगलवार मन्त्रालयमा स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताएका हुन् ।

उनले मन्त्री र मन्त्रालयको कारण कर्मचारीहरूले दुःख पाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगतिहरुबारे आफू सबैमा जानकार रहेको बताए । उनले चिकित्कसहरुलाई विकट क्षेत्रमा सेवा पुर्‍याउन पठाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको बताए ।

उनले कर्मचारीहरूले भनेका मानिसहरूलाई पठाएमात्रै पक्षपात नहुने हो ? भन्दै प्रश्नसमेत गरे । उनले सरुवा गर्न लाग्नुपूर्व नै शीर्ष नेतृत्वको घरमा पुगेर रोक्न लगाउने गरेको आरोप लगाए ।

उनले भने, ‘यहाँ पक्षपातका कुरा उठे । कसले के पक्षपात गरेको छ । आफूले पाइ पक्ष हुने नभए पात हुने त हो नि । आफूले पाएमात्रै पक्ष हुन्छ । त्यही होइन कुरा । त्यो ८ सय चानचुनले पनि सबले पक्षपात गरे भनेर गएका छन् । तर कमसेकम दुर्गम जिल्लाका बिरामीले पनि अनुहार हेर्न पाएका छन् । धेरै टसमस भएको थियो । मन्त्रीले जबरजस्ती गयो भन्ने कुरा पनि थियो । जबरजस्ती मैले गरेको होइन, जबरजस्ती गर्नेहरुलाई ठेगान लगाएको हो । म भोलि पनि यस्तो काम गर्छु । मैले गरेको निर्णयले वा मन्त्रालयले गरेको कुनै निर्णयले धेरै जनताले चाहेको हित हुन्छ भने । घुर्की, थर्काउने, सोर्स लगाउने, एउटा व्यक्तिले तीन वटा पार्टीका सभापतिलाई भन्न जाने कुरा मेरो पालामा चल्दैन, चल्न दिएको छैन । आस्थाका बारेमा केही कुरा उठ्यो, मैले निर्णय गर्ने बित्तिकै सम्बन्धित पार्टीको प्रमुखमा बस्नेहरुलाई महाशाखा प्रमुखमा अझै नै राखिछोडेको छु । गफ दिनुहुन्छ । दुई वर्ष पुगेकाहरूलाई । निर्णय गर्न पाएको छैन पुगिसक्छ । पार्टी प्रमुख कहाँ । कयाबिनेटमा पुगेको छैन, यहाँ न्युज आइसकेको हुन्छ । का.मु लेख्नुस् भन्यो, निमित्त लेख्छन् । यहाँ अराजक छ । यो मन्त्रालय राफसाफ गर्न दुई वर्ष लाग्छ । अहिले केही हदसम्म भएको छ ।’

उनले अस्पतालका स्वास्थ्य सामग्री टेण्डर गरेर ल्याउनुपर्छ भन्दा कर्मचारीहरूले अस्पतालमा तालाबन्दी गर्ने गरेको पनि बताए । उनले सबैभन्दा पहिला कर्मचारीतन्त्र नै सुध्रिनुपर्ने आवश्यकता रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *