महिलाको गोप्य तस्बिर खिचेको आरोपमा पक्राउ परेका डिएसपी धरौटीमा छुटे

रेस्टुरेन्टको शौचालयमा महिलाको गोप्य तस्बिर तथा भिडियो खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले केसीलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

केसी गत फागुन ५ गते पक्राउ परेका थिए।

रेस्टुरेन्टमा आएकी एक युवती शौचालयमा गएका वेला माथिल्लो खुला भागबाट उनले मोबाइलमा तस्बिर तथा भिडियो खिचेका थिए। जसविरुद्ध ती युवतीले जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fifteen =