रहेनन् गायक भक्तराज आचार्य

काठमाडौं । गायक भक्तराज आचार्यको निधन भएको छ ।

बिरामी आचार्यलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो ।

गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्य विगत केही समयदेखि बिरामी थिए ।

उपचारका लागि आज मेडिसिटी लैजाँदै गर्दा बाटोमा निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । उनका अनुसार डेढ महिनादेखि आचार्यको उपचार भइरहेको थियो ।

८१ वर्षको उमेरमा उनको निधन भएको हो । निधन भएका आचार्यको शव भोलि बिहान अन्तिम श्रद्धान्जलीका लागि ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । त्यसपछि भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =