मेटमणि चौधरी भन्छन्– मन्त्री ज्वालाको कमजोरी देखिए आधा सेकेण्डभित्रमा राजीनामा गर्नुहुन्छ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले बालकुमारी घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद चौधरीले बालकुमारी घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले सो प्रतिवेदन सांसदहरूले पढ्न पाउनुपर्ने बताए ।

उनले प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको कमजोरी देखिएमा मन्त्री ज्वालाले आधा सेकेण्डमा राजीनामा दिने बताए ।

उनले भने– ‘यो तुरुन्तै सार्वजनिक गर्नुस् । हामी सांसदहरूले पनि अध्ययन गर्न पाउँ । यदि प्रकाश ज्वालाको कमजोरी देखिन्छ भने एक सेकेण्ड, आधा सेकेण्डमा राजीनामा गर्नुहुन्छ । पार्टीमा यस विषयमा छलफल भएको छैन । कमजोरी देखियो भने उहाँले आधा सेकेण्डमा उहाँ राजीनामा दिनुहुन्छ । तर त्यसको लागि सरकारले त्यो सार्वजनिक गर्नुप¥यो नि त ।’

उनले मन्त्री ज्वालाको राजीनामाको सन्दर्भमा पार्टीभित्र कुनै छलफल नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =