छिनभरमै खरानी भयो तनहुँकी सुकूलीको घर
२०८० फागुन १४ गते

फाइल तस्बिर
काठमाडौँ । तनहुँको एक घरमा आगलागी भएको छ ।
जिल्लाको भानु नगरपालिका वडा नम्बर १३ समजूर चिलने खर्क निवासी सुकूली मियाँको घरमा आगलागी भएको हो ।
आगलागीबाट घरपुर्णरुपमा नष्ट भएको छ ।
आज बिहान ९ बजेतिर घरधनी मियाँका सुस्तमनस्थिती भएका छोराहरू आँगनमा खेल्दै थिए । सो क्रममा आगलागी भएको हो ।
आगलागीबाट घरमा भएका सर सामानसहित नगद ७० हजार पैसा पनि जलेको छ ।
स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
२०८० फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








