राजेन्द्र महतोद्वारा लोसपा परित्यागको घोषणा (भिडिओ)
२०८० फागुन १४ गते

काठमाडौं । नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गरेका छन् ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गरे ।
उनले पत्रकार सम्मेलनमा बोल्दै कुनै एउटा पार्टी, र राजनीतिक दलबाट राष्ट्रिय प्रतिक्रान्ति सम्भव नभएकाले लोसपा, जसपा, काँग्रेस, एमाले सबै पार्टीहरुमा समेत बहुल राष्ट्रिय मान्यताको अधिकारको पहिचानको मान्यता राख्नेहरु एकजुट हुनुपर्ने बताए ।
उनले आफ्नो क्रान्तिका लागि सबैले साथ दिन आह्वान गरेको बताए ।
उनले राष्ट्रिय क्रान्ति मुक्तिका लागि अभियान, संघर्ष र बिद्रोहका क्रममा सशक्त आन्दोलन आवश्यक रहेको बताए ।
उनले अभियान, संघर्ष र बिद्रोहले राजनीतिक शक्ति पैदा गर्ने बताए ।
२०८० फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








