अर्को बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
२०८० फागुन १४ गते

काठमाडौं । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः शुरु भएको छ ।
प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गरेका छन् ।
रुलिङ भएसँगै सभाको बैठक नियमित रुपमा सुचारु भएको छ ।
सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भने– ‘माननीय सदस्यहरु, बैठकमा नियमित रुपमा यहाँहरुले उठाउनुभएको विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरुले उठाउनुभएको विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’
यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले विवादित मन्त्रीहरुको राजीनामाको माग गरेका थिए ।
मन्त्रीहरु विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए ।
२०८० फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








