प्रतिपक्षी दलको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं । प्रतिपक्षी दलका सांसदको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

उनीहरूले विवादित तीन मन्त्रीको राजीनामा र लघुवित्त र दूध किसानको समस्या समाधानको माग राख्दै नाराबाजी गरेका थिए । सभामुखले कार्यसूचीअनुसार अगाडि बढ्न पटक-पटक आग्रह गर्दा पनि निरन्तर नाराबाजी भएपछि बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =