बच्चा चोरी प्रकरण : श्रीमान र दिदी छुटे, महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति
२०८० फागुन १३ गते

थापाथलीबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
फागुन ११ गते दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहले प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बालिका चोरी गरेको आरोपमा पक्राउ परेकी थिइन्।
उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।
२४ वर्षीया मनकुमारी विरुद्ध प्रहरीले प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान अगाडी बढाएको छ। यसअघि प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लिएको उनका पती २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई थुनामुक्त गरिएको छ।
बच्चा चोरीमा उनीहरुको संलग्नता नदेखिएको खुलेपछि उनीहरुलाई प्रहरीले रिहा गरेको हो।
२०८० फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








