सरकार जिम्मेवार ढंगबाट चल्न सकेन : डा.सुनिल शर्मा (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले पर्यटकहरुले २५ हजार भन्दा बढी भारतीय रकम बोकेर नेपाल आउन नमिल्ने कानून तत्काल संशोधन गर्न माग गरेका छन् ।

आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले गत फागुन ३ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्कीका कार्डियोलोजिस्ट अब्दुल्लाह मिनीलाई ९६ हजार आइसी ल्याएकोमा पक्राउ गरिएकोबारे सरकारको ध्यानाकर्षण गराउँदै २४ घण्टाभित्र २५ हजार भारतीय रकम भन्दा बढी बोकेर आउन नपाइने व्यवस्था संशोधन गर्न माग गरे ।

उनले नेपालले पर्यटकमैत्री देश बनाउने हो भने र पर्यटन क्षेत्रलाई चलायमान बनाउने हो भने तत्काल सो व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको बताए ।

उनले नेपालको पर्यटन क्षेत्र फस्टाउनको निम्ति उक्त कानून बनाइएको हो वा डुबाउन भन्नेबारेमा गम्भीर हुनुपर्ने बताए ।

उनले नेपालमाँ पैसा नभएकालाई मात्रै ल्याएर पर्यटन उद्योग चलाउने हो ? भन्दै प्रश्न गरे ।

सांसद शर्माले सरकार गैरजिम्मेवारपूर्ण ढंगबाट चलिरहेको आरोप लगाए ।

उनले संसदमा प्रतिपक्ष बोलिरहँदा सत्तापक्षका सांसदहरुले बोल्न समेत नदिएको बताए ।

उनले विपक्षीका आवाज दबाउने प्रपञ्च भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 8 =