छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ । कीर्तिपुर नगरपालिका–६ पाण्डेछाँपस्थित आरबी डिपो प्लायर्समा बा.२ क ३४०२ नम्बरको टिपरमा गिट्टी लोड गरी निस्कने क्रममा टिपरको ठक्करबाट बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भएका सोही डिपोमा काम गर्ने ईश्वर परियारकी १६ महिनाकी छोरी १६
स्नेहा परियारको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ, थाक्रे गाउँपालिका–८ काउलेमा बा.१६ च ८११३ नम्बरको बोलेरो सडकबाट करिब १ सय ५० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटनामा हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ८० वर्षीय शेर बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको
प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनमा घाइते भएका जिपमा सवार अन्य ५ जनालाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाएको छ ।

त्यस्तै सर्लाही, गोडैता नगरपालिका–८ स्थित सडकमा मधेश प्रदेश ०२–००७ प १२३० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री चक्रघाटा गाउँपालिका–९ खोरिया बस्ने ५० वर्षीय नागेन्द्र रायको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको
प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र अन्य १ जना पैदलयात्रीको तिरुपती अस्पतालमा उपचार भइरहेको छ ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका–२ जय चोकमा प्रदेश १–०१–००१ च.७९६४ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी
अस्पताल तथा ट्रमा सेन्टर उर्लाबरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =