नेपालले आठौँ विकेट गुमायो, गुल्सन ५ रनमा आउट

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।

टियू मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले आठौँ विकेट गुमाएको छ ।

आठौँ विकेटको रुपमा गुल्सन झा आउट भए । उनी खराब सट खेल्दै ५ रनमा क्याच आउट हुन पुगे ।

यसअघि दीपेन्द्र सिंह ऐरी ११ बल खेलेर एक रन बनाउँदै रन आउट भएका थिए भने कप्तान रोहित पौडेलले १६, आसिफ सेखले १७, कुशल मल्लले २ र अनिल शाहले ७ रन बनाएर आउट भए ।

यस्तै ओपनर कुशल भुर्तेलले अर्ध शतक बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + one =