मिर्साको भीरबाट खसिन् जर्मन युवती, सशस्त्रले निकाल्यो शव
२०८० फागुन १३ गते

काठमाडौं । कास्कीमा भीरबाट खसेर एक पर्यटकको मृत्यु भएको छ ।
माछापुच्छ्रे गाउँपालिका १ मिर्सा भन्ने ठाउँको भिरबाट खसेकी २१ वर्षिया पर्यटक पिया जोसको मृत्यु भएको हो ।
खसेर मृत्यु भएकी जोसको शव सशस्त्र प्रहरी बल नेपालको विपद् उद्धार टिमले भिरबाट निकालेको छ ।
पोखरा फर्कने क्रममा शनिवार साँझ अर्का एक पर्यटकले आफ्नो जर्मन साथी भिरबाट खसेको भन्ने जानकारी गराएका थिए ।
उक्त जानकारीपछि नं. २४ कालिका गण कास्कीबाट उनको खोजी तथा उद्धारको लागि सुरक्षा फौज परिचालन भएको थियो ।
खोज तथा उद्धारको क्रममा आइतबार बिहान उनको शव रुखमा अड्किएको अवस्थामा फेला परेको थियो ।
२०८० फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








