लोप हुँदै नेपाली मौलिक गहना (फोटो कथा)

समाजमा गहनाको ठूलो महत्त्व हुन्छ । अझ नेपाली केही समुदायमा जन्मदेखि मृत्युसम्म गहनाको महत्त्व धेरै छ । गहना श्रृंगार मात्रै होइन संस्कार पनि हो । गहना पुरुष र महिलामा मात्रै फरक होइन उमेर समूहका आधारमा पनि फरक-फरक लगाइन्छ ।

पुरुष, स्त्री, बालबालिका, वृद्धवृद्धाले लगाउने आफ्नै किसिमका गहना हुन्छन् । विभिन्न उमेरकाले लगाउने गहना फरक-फरक भएजस्तै शिरदेखि पाउसम्म पनि फरक–फरक प्रकारका गहना लगाइन्छ । तर अहिले आधुनिकीकरणसँगै बिस्तारै नेपाली समुदायमा जातजाति विशेष गहनाहरू लोप हुँदै गइरहेका छन् । आधुनिकतासँगै पौराणिक गहनाहरू लोपमात्रै होइन, केही गहनाको मान्यता बिर्सेर दुरुपयोग नै भइरहेको छ ।

महिलाले लगाउने बुलाकी, मारावाडी, पाते सुन, बाला, ढुंग्री, चाँद जस्ता पुराना एवं परम्परागत तरिकाले बनाइएका गरगहना लोप हुँदै जान थालेका छन् । जिल्लाका शहरी क्षेत्रमा बस्ने महिलाले मात्र नभई अधिकांश ग्रामीण भेगका महिलाले पुराना गहना लगाउन छोडेका छन् । महिलाले पनि यस्ता गहना छोडेर ब्रासलेट, नेकलेसजस्ता आधुनिक डिजाइनका गहना लगाउन थालेसँगै पुराना गहना लोप हुँदै गएका छन् ।

माङ्गलिक र सांस्कृतिक कार्यहरूमा पौराणिक कालदेखि लगाइँदै आएका गहनाहरूप्रतिको अभिरुचिमा कमी हुन थालेसँगै गहना बिस्तारै लोप हुँदैछन् । बाह्य संस्कृतिको प्रवेश र सञ्चारका नयाँ प्रविधिमा विदेशी गहनाका आकर्षक विज्ञापनले परम्परादेखि लगाउँदै आएका गहना लगाउने चाहनामा कमी आई आयातित संस्कृतिले प्रवेश पाएको छ ।

जसले नेपाली समुदायका गरगहना लोपोन्मुख प्रायः छन् । पहिला आम जीवनमा प्रयोग हुँदै आउने गरगहनाहरू अहिले चाडपर्व विशेष अवसरमा मात्रै प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *