चलचित्र रुमानी रङ्ग बन्दै,साम्राज्ञीको जोडी धिरज !

काठमाडौं । चलचित्र रुमानी रङ्ग निर्माण हुने भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र निर्माणको घोषणा गरिएको हो ।

चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य अभिनय रहनेछ ।

चलचित्र घोषणा कार्यक्रममा बोल्दै अभिनेत्री शाहले एक वर्षसम्म स्क्रिप्ट राम्रो नपाएकाले फिल्ममा साइन नगरेको र अहिले भने सबैकुरा राम्रो फेला परेकाले रुमानी रङ्गमा अभिनय गर्न तयार भएको बताए ।
उनले चलचित्र सम्बन्धमा रमाइलो र सहज मात्रै नहुने भएको बताए ।

अभिनेता धिरज मगरले नेपालमा लभ स्टोरी फिल्म धेरै कम आइरहेको बेलामा यो चलचित्र बन्नुले राम्रो सन्देश जाने बताए ।

चलचित्र अस्ट्रेलियामा छायांकन हुनेछ ।

चलचित्रको निर्माता हरि मल्ल ठकुरी र जिएम ठकुरी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *