सरकारले नदेखेको मिटर ब्याज पीडितको घाउ (तस्बिरहरु)

काठमाडौं । देशभरका लघुवित्त पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् ।

विभिन्न जिल्लाबाट पैदल यात्रा गरेर काठमाडौं आएका लघुवित्त पीडितहरूले बालुवाटार,सिंहदरबार लगायतका प्रमुख स्थानमा पुगेर विरोध प्रदर्शन गरिहरेका छन् ।

सङ्घर्ष समितिले आन्दोलनको क्रमलाई निरन्तरता दिँदै आज सिंहदरबारमा मार्च गर्दै छ ।

न्याय मरेको अनुभूति गर्दै बषौं शोषण, उत्पीडन खेप्न बाध्य मिटर ब्याज पीडितहरूले ३ वर्ष देखि आन्दोलन गर्दै आए तापनि सरकारले माग सम्बोधन नगरेपछि हजारौँ किलोमिटर राजमार्ग नाप्दै पैदल यात्रा गर्न बाध्य भएको उनीहरूको गुनासो छ ।

राज्यलाई पैदल यात्रा गर्दाको पीडा, कष्ट र वषौँदेखिको शोषण उत्पीडनको घाउ देखाउन मिटर ब्याज विरुद्ध न्याय मार्चले सिंहदरबार मार्च गर्ने बताइएको छ ।

थानकोटबाट सुरु भई कलंकी, कालीमाटीबाट त्रिपुरेश्वर, सहिद गेट हुँदै सिंहदरबार पुग्ने गरी पैदल मार्चको रुट तय गरिएको छ ।

यस्तै सङ्घर्ष समितिले मिटर ब्याज विरुद्ध न्याय मार्चलाई ऐक्यबद्धता जाहेर गर्ने सन्देश प्रवाह गर्न भोली ऐक्यबद्धता गर्ने एक विज्ञप्ति मार्फत जनाएको छ ।

तस्बिरहरु :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *