कोटिहोम महायज्ञको उद्घाटन गर्न वैद्यनाथ धाम जाँदै राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज अछाम जाँदैछन् । नेपालको चार धाम मध्यको एक वैद्यनाथ धाममा बिहीबार देखी सुरु हुने कोटिहोम महायज्ञको उद्घाटनका राष्ट्रपति अछाम जान लागेका हुन् ।

जिल्लाको साँफेबगर नगरपालिका १ मा आजदेखि १४४ वर्ष पछि सुरु हुन लागेको कोटिहोम महायज्ञ शिवरात्रि सम्म चल्ने छ । राष्ट्रपति पौडेल आउने भएकोले जिल्लाको शान्ति सुरक्षा कडा परिएको छ । कोटिहोम महायज्ञको तयारी पुरा भएको प्रचारप्रसार समिति संयोजक शिवबहादुर कुँवरले जानकारी दिए ।

वैद्यनाथ धाममा हरेक ६ वर्षमा लक्ष होम सहितको अर्ध कुम्भ मेला , हरेक १२ वर्षको अन्तरमा महालक्ष्यहोम सहितको महाकुम्भ मेला र १४४ वर्षको अन्तरमा कोटिहोम महायज्ञ सहितको महाकुम्भमेला लाग्ने गर्दछ ।

कोटिहोम महायज्ञको लागी पुर्वमन्त्रि शेरबहादुर कुँवरको संयोजकत्वमा अछाम जिल्ला स्थित वर्तमान माननीय सांसद र अन्य सरोकारवाला सहितको आयोजक समिति गठन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *