धार्मिक र पर्यावरणीय महत्वलाई बढाउदैँ ‘माई पोखरी’ (तस्बिरहरू)

काठमाडौँ । इलाममा रहेको माई पोखरीले रामसार क्षेत्रको पर्यावरणीय महत्वलाई बढाएको छ ।

28 अक्टोबर 2008 मा मध्य–पहाडी सिमसार भूमि तोकिएको यो क्षेत्र लगभग 12  हेक्टेयरमा फैलिएको छ ।

समुन्द्री सतहबाट २१०० मिटरको उचाइमा अवस्थित माई पोखरी स्थानीयका लागि पानीको स्रोत बनेको छ ।

यी नै शान्त पोखरी र वरपरको प्राकृतिक सुन्दरताले आगन्तुक र तीर्थयात्रीहरूलाई मनमोहक बनाएको छ ।

यस पवित्र स्थलले हिन्दु, बौद्ध र किरात आस्थाका अनुयायीहरूका लागि ठूलो धार्मिक महत्त्व राख्दछ ।

हिन्दु धर्मग्रन्थ अनुसार महाभारतका पाण्डव दाजुभाइले आफ्नो यात्राको क्रममा माईपोखरीमा शरण लिएका थिए ।

एकादशीको दिन यस पोखरीमा शिव, सरस्वती र भगवती, टाशी चोलिङ आध्यात्मिक समुदाय र अन्य तीर्थयात्रीहरू पनि आउने गर्दछन् ।

यस रामसार साइटले जैविक विविधताको संरक्षण मात्र होइन संस्कृतिको समेत संरक्षण गरेको छ ।

अन्य तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *