रातो मच्छिन्द्रनाथकाे रथारोहणका तस्बिरहरु
मकालु खबर
२०८१ वैशाख २७ गते
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिएको छ। पाटन मच्छिन्द्र बहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित रथमा रथारोहण गरिएको हो ।
हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ। आगामी वैशाख २९ गते रथ तानी जात्रा मनाउने साइत रहेको छ ।
वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको ३२ हात अग्लो रथ निर्माण ललितपुरको पुलचोकमा निर्माण गरिएको हो।
जात्राको अन्तिम दिनमा राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने प्रचलन छ भने, सोही दिन मच्छिन्द्रनाथलाई रथबाट निकाली बुगंमती अवस्थित मन्दिर लगी प्रतिस्थापन गरे पछि यस वर्षको जात्रा सम्पन्न हुनेछ।
रातो मच्छिन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमती राखिने चलन छ।
मकालु खबर
२०८१ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित